काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शुन्य बेरुजु कार्ययोजना बनाउन समिति गठनका लागि निर्देशन दिएकी छन।
उपप्रमुख डंगोलले मंगलबार आर्थिक वर्ष २०८०/०८१ मा देखिएका वेरुजुका प्रकृति र फस्र्यौट प्रक्रियाका विषयमा छलफल गर्दै महानगरपालिकाको वित्त विभाग, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ र आन्तरिक लेखा परीक्षण एकाइका अधिकारीहरु रहने गरि समिति गठन गर्न निर्देशन दिएकी हुन।
आफ्नै कार्यकक्षमा आयोजित छलफलमा प्रशासन विभाग, राजस्व विभाग, वित्त विभाग, सार्वजनिक निर्माण विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग, सम्पदा तथा पर्यटन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख तथा प्रतिनिधि अधिकारीलाई प्रकृतिका आधारमा फर्स्यौटको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी हुन।
‘विगतको बेरुजु फर्स्यौट गर्नु र आगामी आर्थिक वर्षलाई बेरुजु शून्य बनाउने कार्ययोजना बनाउनु अहिलेको पहिलो काम हो ।’ सो क्रममा उपप्रमुख डंगोलले भनिन।



