मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौ १९ मा उद्घोषण तालिम, दुई दर्जन स्थानीयलाई बोल्ने कला सिकाइदै

काठमाडौ १९ मा उद्घोषण तालिम, दुई दर्जन स्थानीयलाई बोल्ने कला सिकाइदै

images
२०८२ जेठ ३ गते, शनिवार
२०८२ जेठ ३ गते, शनिवार
  • काठमाडौं। मिसन मिडिया क्लबको आयोजना र काठमाडौं महानगरपालिका १९ को समन्वयमा शनिबारबाट उद्घोषण तालिमको शुभारम्भ भएको छ।

    images

    वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले आइतबारदेखि सुरुहुने एक हप्ते तालिमको शुभारम्भ गरेका हुन। सो कार्यक्रमको शुभारम्भ गर्दै श्रेष्ठले वाक कलाबाट नै ब्यक्तिको क्षमता विकास हुने बताए।

    images

    `वाक कला भनेको बोल्ने कला हो, बोल्ने कला भयो भने कहिंपनि पछि पर्ने अवस्था हुँदैन, संविधानले नै हरेक ब्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ, त्यो भनेको आफुलाई लागेको कुरा बोल्न राख्न पाइन्छ भन्ने हो।´ वडा अध्यक्ष श्रेष्ठले भने,`त्यसैले पनि बोल्नका लागि उद्घोषण तालिम आवश्यक छ।´

    काठमाडौं महानगरपालिका अन्तर्गत हनुमानढोका दरवार संरक्षण कार्यक्रमको सहकार्य तथा वडा नं १९ को समन्वयमा आयोजित एकहप्ते तालिममा मुख्य प्रशिक्षकको जिम्मेवारी नरेश मल्ललाई दिइएको क्लबका अध्यक्ष श्रीजन झाले जानकारी दिए।

    तालिमको शुभारम्भ कार्यक्रममा औषधि थोक ब्यवसायी  संघका अध्यक्ष गणेश नेपाल, मुख्य प्रशिक्षक मल्लसहित वडा सदस्यद्वय रेणु कमल शाही र रन्जिता परियारले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

    करिव दुईदर्जन प्रशिक्षार्थी सहभागी हुने प्रशिक्षण कार्यक्रम जेठ ४ गतेदेखि १० गतेसम्म शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको सभाकक्षमा चल्नेछ। यस्तै प्रशिक्षणका लागि बिहान ७ देखि १० बजेसम्मको समय निर्धारण गरिएको छ।

    कार्यक्रममार्फत व्यक्तित्व विकासमा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ। क्लबका अध्यक्ष झाले कार्यक्रममा उद्घोषण कलाको आधारभूत सिद्धान्तदेखि व्यावसायिक शैलीसम्मको ज्ञान र अभ्यास प्रदान गरिने भन्दै तालिमका क्रममा सिकेका सिपलाइ व्यवाहरमा कार्यान्वयन गनुपर्ने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend