मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्व सुरक्षाकर्मी परिषद चन्द्रागिरि कार्य समितिलाई १०० थान फ्लोरेन्स ज्याकेट र १०० जोर वुट

पूर्व सुरक्षाकर्मी परिषद चन्द्रागिरि कार्य समितिलाई १०० थान फ्लोरेन्स ज्याकेट र १०० जोर वुट

images
२०८२ जेठ ३ गते, शनिवार
२०८२ जेठ ३ गते, शनिवार
  • काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पूर्व सुरक्षाकर्मी परिषद चन्द्रागिरि नगरपालिका कार्य समितिलाई आवश्यक प्राविधिक सहयोग गरेको छ।

    images

    नगरपालिकाले १ देखि १५ वडामा विपद, वातावरण तथा अन्य सामाजिक कार्यमा गरेको योगदान र भविष्यमा समेत सक्रियताको उदेश्यले १०० थान फ्लोरेन्स हाफ ज्याकेट र १०० जोर पानीमा समेत लगाउन मिल्ने वुट हस्तान्तरण गरिएको नगरप्रमुख घनश्याम गिरिले जानकारी दिए।

    images

    नगरपालिकाको कार्यालयमा शनिबार बिहान आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो। चन्द्रागिरिमा पूर्व सुरक्षाकर्मी परिषद नगरको सरसफाइ तथा वातावरण प्रदुषणसहित विपत प्रतिकार्यमा निरन्तर खटिंदै आइरहेको छ।

    यस्तै नगरभित्र हुने आगलागीका घटना, बाढी पहिरो जस्ता विपदका घटनमा पनि परिषद्ले निरन्तर योगदान दिंदै आएको छ। परिषदमा सुरक्षा अंगबाट अवकाश प्राप्त ब्यक्तिहरु छन। सुरक्षा निकायमा रहँदा प्राप्त ज्ञान र शिपलाई उनीहरुले प्रयोगमा ल्याउँदा भैपरी आउने घटनामा सहयोग पुग्ने गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend