मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एनआईसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता, दैलेखमा बाख्रा पालन तालिम

एनआईसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता, दैलेखमा बाख्रा पालन तालिम

images
२०८२ बैशाख ३१ गते, बुधवार
२०८२ बैशाख ३१ गते, बुधवार
  • काठमाडौं। एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images

    बैशाख २९ गते आयोजना भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण गरि ४० जना भन्दा बढीको सहभागिता थियो।

    images

    स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा संचालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरु सहभागी थिए।

    यसै गरि लघुवित्तको बाङ्गेसिमल शाखाले पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा  लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारी सहित ५५ जना सदस्य सहभागी थिए।

    यस्तै लघुवित्तको बेस्तडा शाखा दैलेखलेसमेत तीन दिने आधारभूत बाख्रापालन तालिम सम्पन्न गरेको छ। वैशाख २७ देखि २९ सम्म संचालित तालिममार्फत स्थानीयले लाभ लिएको लघुबित्तका कर्मचारी बताउँछन।

    कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend