मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

४४ वटा शौचालयको फोहोर पानी प्रशोधन गर्न काठमाडौ महानगरमा २० लाखको प्लान्ट

४४ वटा शौचालयको फोहोर पानी प्रशोधन गर्न काठमाडौ महानगरमा २० लाखको प्लान्ट

images
२०८२ बैशाख ३० गते, मंगलवार
२०८२ बैशाख ३० गते, मंगलवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ  लगानीमा शौचालयको फोहोर पानी प्रसोधन गर्न प्लान्ट स्थापना गरेको छ।

    images

    महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरपालिकाले बताएको छ।

    images

    विजुलीबाट चल्ने यो प्रणालीबाट एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुनेछ। हालका लागि ४४ शौचालयमा यो प्रणाली जोडिएको छ।
     
    ‘यो नमूना योजना हो। यसको नतिजा हेरेर अन्यत्र विस्तार गर्नेछौँ,’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ। सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ।’

    ३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको सो  प्लान्टभित्र ४ वटा च्याम्वर रहेको महानगरपालिकाका वरिष्ठ इञ्जिनियर निशा कोइरालाले जानकारी दिंदै भनिन।

    सो प्लान्टको प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै उनले भनिन्,‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ। त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ। तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ। यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ। बोटविरुवामा हाल्न मिल्ने हुन्छ।’

    विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन्। नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ। यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ। प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend