मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडामा सडक भासिएर हराएको गाडी भेटिएको हो?

हेटौंडामा सडक भासिएर हराएको गाडी भेटिएको हो?

images
२०८२ बैशाख २३ गते, मंगलवार
२०८२ बैशाख २३ गते, मंगलवार
  • हेटौंडा। भुगर्वविदहरुले हेटौंडामा जमिनमुनि भासिएको गाडीको सम्भावित स्थान पत्ता लगाएका छन।

    images

    गत शुक्रबार हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमा क्षेत्रमा पर्ने गैरीगाउँमा सडक भासिंदा गुडिरहेको ना ४ च ४८३३ नम्बरको सिङ्गल क्याप बोलेरो भ्यान सडककै भ्वाङमा परेर गायब भएको थियो।

    images

    भ्वाङमा गाडी परे लगत्तै चालक र सहचालक हामफालेर ज्यान जोगाउन सफल भएका थिए। तर बिस्तारै भ्वाङमा पस्दै गरेको बोलेरो भने सडक भासिंदै गएपछि दबिएर गायब भएको स्थानीय बताउँछन।

    भासिंएको बोलेरोको अवस्था बुझ्न बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेसहित स्थानीय प्रहरी प्रसाशन घटनास्थल पुगेको थियो। 

    कुनै उपायबाट पनि बोकेरोको फेला पार्न नसकेपछि खोजीका लागि मंगलबारबाट भूगर्भविद्को टोली परिचालित भएको छ। सो टोलीले प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी हराएको गाडीको सम्भावित लोकेसन पत्ता लगाएको छ।

    भूगर्भविद् कृष्ण पाण्डेले भासिएको गाडीको सम्भावित लोकेसन पत्ता लागेको जानकारी दिए। प्रोटोन म्याग्नेटोमिटरले चुम्बकीय वस्तु पत्ता लगाउन सहयोग गर्ने उनले बताएका हुन। उनका अनुसार खोजीका क्रममा गहिराइमा प्रोटोन म्याग्नेटोमिटर पुग्दा एक स्थानमा अलिबढी घनत्व प्राप्त भएको छ।

    `हामीले गहिराइमा प्रोटोन म्याग्नेटोमिटर घुमाएर सम्भावित लोकेसन पत्ता लगाएका छौं, तर कति गहिराइमा भेटियो भन्ने हामी थप अनुसन्धान गर्दैछौं।´ पाण्डेले जानकारी दिंदै भने।

    सो बोलेरोका सहचालकका अनुसार बोलेरो भ्वाङमा परेपछि डोरी लगाएर तान्ने प्रयाससमेत भएको थियो। तर डोरीसमेत बोलेरोसँगै गायब भएको छ। बोलेरो डुबेको स्थान नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ छ। बोरिङका कारण जमिन भासिन पुगेको अनुमान स्थानीयको छ। बोरिङसमेत धसिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend