मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगमा स्वास्थ्यमन्त्रीको प्रस्ताव

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगमा स्वास्थ्यमन्त्रीको प्रस्ताव

images
२०८२ बैशाख २२ गते, सोमवार
२०८२ बैशाख २२ गते, सोमवार
  • चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालन गर्न आफुले चिकित्सा शिक्षा आयोगसमक्ष प्रस्ताव गरेको बताएका छन्।

    images

    सोमबार भरतपुर अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष, सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायतका  सेवाहरूको शुभारम्भ गर्दै उनले यस्तो प्रस्ताव गरिएको बताए।

    images

    `एमबिबीएस कार्यक्रम सञ्चालन गर्ने विषय स्वास्थ्य मन्त्रालयसँग मात्रै सम्बन्धित हुँदैन, यो चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित छ। भरतपुर अस्पतालमा  एमबिबीएस कार्यक्रम सञ्चालन गर्न अघिल्लो वर्ष नै  पर्याप्त छलफल गरेका थियौँ।´ मन्त्री पौडेलभने, `स्वास्थ्य मन्त्रालयको आन्तरिक बजेटबाट कार्यक्रम सञ्चालन गर्ने कुरा अगाडि बढाइए पनि आयोगबाट स्वीकृत हुन सकेको स्थिति छैन।´

    मन्त्री पौडेलले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताए।

    भरतपुर अस्पताल प्रतिष्ठान नभएका कारण शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिएको उनले उल्लेख गरे।

    ‘स्वास्थ्य मन्त्रालयले कसरी छिटो कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर आन्तरिक कोषहरूबाटै रकम व्यवस्था गरेर अगाडि जान खोजेका छौं। यसै वर्ष अस्पताल विकास समिति र मन्त्रालयकोे साझेदारीमा कार्यक्रम सञ्चालनको पहल गर्छौं।’ मन्त्री पौडेलले भने।

    अस्पताल व्यवस्थित नभएसम्म देशको स्वास्थ्य सेवा सुधारिएको महसुस हुन नसक्ने भन्दै  मन्त्री पौडेलले सेवा सुधारका लागि जनशक्ति विकास गर्न छुट्टै स्वास्थ्य सेवा ऐन जारी भएकोे बताए। उनले सरकारी अस्पतालमा सेवाग्राहीको आकर्षणलाई व्यवस्थित गरेर जानुपर्ने बताए।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले अबको शैक्षिक सत्रबाट एमबिबीएस कार्यक्रम सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताए।

    कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, अस्पताल विकास समिति अध्यक्ष राजु पौडेललगायत सम्बोधन गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend