भक्तपुर। औद्योगिक शान्ति नेपाल नामक संस्थाले रोल्पाकी एक क्यान्सर पीडित महिलालाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेकाे छ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार क्यान्सरबाट पीडित रोल्पाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीया धनकली बुढा मगरकाे उपचार लागि एक लाख रूपैयाँ सहयोग गरेको हो।
मगरको सुरुमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो। पछिल्लो समय उनको शरिरका अन्य भागमासमेत क्यान्सर फैलिएको छ।
तीन बर्षदेखि विभिन्न अस्पतालमा उपचार गराउदै आएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारीपछि संस्थाले एक लाख रूपैयाँ सहयाेग गरेको अध्यक्ष महतले जानकारी दिएका हुन।
अध्यक्ष महतका अनुसार नेपालका विभिन्न स्थानमा मेला महोत्सव आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले यसअघिपनि विभिन्न राेगबाट उपचार गराईरहेका राेगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।



