सुर्खेत। नेपाल मोबाइल ब्यवसायी महासंघ कर्णाली प्रदेशको साधारणसभा सम्पन्न भएको छ।
शनिबार सुर्खेतमा भएको प्रथम साधारणसभाले कर्णाली प्रदेशका सबै जिल्लामा महासंघको शाखा विस्तार गर्ने निर्णय गरेको छ।
हाल कर्णाली प्रदेशका मुगु, जुम्ला, रुकुम पश्चिम, दैलेख र सुर्खेतमा शाखा विस्तार भैसकेको छ भने अन्य जिल्लामा शाखा विस्तारको तयारी भैरहेको छ। कर्णाली प्रदेशमा १० जिल्ला छन।
महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश अध्यक्ष भरत रावलले गरेका थिए।
पाण्डेले मोबाइल ब्यवसायी महासंघले देशभरका ब्यवसयीका हकहितका पक्षमा काम गर्दै आइरहेको बताए। उनले ब्यवसायीलाई सेकेन्ड ह्याण्ड कारोबार र ग्रे फोनले समस्यामा पार्ने गरेको बताउँदै त्यसतर्फ पनि नीतिगत रुपमा नै समाधानको प्रयास भैरहेको बताए।
रावलको नेतृत्वमा कर्णालीमा महासंघ संचालन हुँदै आइरहेको छ। रावल सुर्खेतमा मोबाइल ब्यवसाय गर्दै आइरहेका ब्यवसायी हुन।
साधारणसभाको मुख्य प्रायोजन अन्नपूर्ण इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउसले गरेको थियो भने प्रायोजक एप्ट्रोन मल्टी प्रपोज प्राली र कौशल इन्टरप्राइजेजले थिए।





