मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमा बोर्डसहित तीन अस्पतालमा अस्थायी जनशक्ति थपिंदै, कहाँ कति थपिन्छ?

स्वास्थ्य बीमा बोर्डसहित तीन अस्पतालमा अस्थायी जनशक्ति थपिंदै, कहाँ कति थपिन्छ?

images
२०८२ बैशाख २० गते, शनिवार
२०८२ बैशाख २० गते, शनिवार
  • काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्ड र विभिन्न तीन अस्पतालहरुमा अस्थायी जनशक्ति थप गर्ने तयारी गरेको  छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकनमा जनशक्ति अभाव देखिएकाले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव बुधबार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो।

    images

    मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बोर्डका लागि ४ सय २  जना जनशक्ति थपिने भएका छन्। बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३ सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए।

    हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे।

    मन्त्रीपरिषदको निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १ सय २९, गेटा अस्पताल धनगढीमा १ सय ४१ तथा डडेलधुरा अस्पतालमा ३ सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ।

    यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

    ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend