मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिद्वारा काठमाडौंको रामकोटमा बद्रिनारायण धामको उद्घाटन

राष्ट्रपतिद्वारा काठमाडौंको रामकोटमा बद्रिनारायण धामको उद्घाटन

images
२०८२ बैशाख २० गते, शनिवार
२०८२ बैशाख २० गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको बताएका छन।

    images

    राष्ट्रपति पौडेलले शनिबार काठमाडौ नागार्जुन -७ रामकाेटस्थित बद्रिनारायण मन्दिरको उद्घाटन तथा बद्रीनारायण प्राण-प्रतिष्ठा कार्यक्रमको शुभारम्भ  गर्दै हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताए।

    images

    उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा जोड दिए।

    “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ। यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्दछ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ”, उनले भने।

    आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउँदै राष्ट्रपति पौडेलले आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारिरहेको बताए।

    सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै उनले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौंको पश्चिमी पवित्र भू–भागको सुगम स्थलमा हामीले पाएको बताए।

    राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कृति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिधाम निर्मांणले खुसी ल्याउने तथा नेपालको पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

    “विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दो छ, यसका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा निर्माण भएको यो बद्रिधामसहितको अध्यात्म केन्द्रले आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend