मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुरमा मानसिक अस्पतालकाे आवश्यकता छ : मेयर दाहाल

भरतपुरमा मानसिक अस्पतालकाे आवश्यकता छ : मेयर दाहाल

images
२०८२ बैशाख १८ गते, बिहिवार
२०८२ बैशाख १८ गते, बिहिवार
  • भरतपुर। भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भरतपुर मेडिकल सिटिकाे रुपमा विकास भए पनि मानसिक राेगकाे उपचारमा कमी भएकाे बताएकी छन्।

    images

    उनले साे कमीलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्प गर्नुपर्ने बताईन्। भरतपुरकाे चितवन मेडिकल कलेजमा बिहीवार सुरु भएकाे दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै उनले भनिन् `विशेषज्ञ सेवा लिने थलोको रुपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस भएकाे छ।´

    images

    उनले मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न इच्छुक र तत्पर रहेकाे बताइन्।

    सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधि ससभागी भएको हुँदा मानसिक स्वास्थ्यको कस्तो नीति र कार्यक्रम ल्याउने भन्नेमा खाका बन्नु पर्ने बताईन् । 

    भरतपुर महानगरपालि जनताको स्वास्थ्यप्रति चिन्तित रहेको भन्दै उनले एक वडा एक स्वास्थ्य नीति अन्तर्गत भरतपुर महानगरपालिकाका २९ वटा वडामा ४२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिईन्।

    उद्घाटन सम्मेलनमा बाेल्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए।

    समुदायस्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको भन्दै उनले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ उत्पादन गर्नेतर्फ  राज्य  लागेकाे धारणा राखे।

    कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए।

    कार्यक्रम संयोजक डा श्रीधर पौडेलले विकसित देशहरुमा पनि मानसिक रोग विकराल रुपमा रहेको बताए। उनले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हट्दै गए पनि नेपाल जस्ता विकासाेन्मुख देशहरुमा अझै पनि लुकाउने प्रचलन रहेकाे बताए।

    उनले स्वदेशी तथा विदेशी विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, समाजसेवीहरुको छलफलबाट निष्कर्ष निकालिने भन्दै नेपालको मानसिक स्वास्थ्यका समस्या न्यूनिकरण गर्न सम्मेलन फलदायी हुने बताए।

    सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाल लगायतका देशका सहभागी रहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend