मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ६० जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने

चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ६० जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने

images
२०८२ बैशाख १६ गते, मंगलवार
२०८२ बैशाख १६ गते, मंगलवार
  • काठमाडौं। चितवनको भरतपुरमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

    images

    आगामी वैशाख १८ गतेदेखि २० गतेसम्म चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको आयोजनामा हुने सम्मेलनमा स्वदेश तथा विदेशका विषय  विज्ञहरु सहभागी हुनेछन।

    images

    अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा अमेरीकास्थित हार्वर्ड मेडिकल स्कूलका सहप्राध्यापक मनोचिकित्सक डा श्रीधर पौडेलले सम्मेलनमा एक सय जना वक्ताले आफ्नो धारणा राख्ने जानकारी दिए। त्यसमध्ये ६० जनाले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने छन।

    सम्मेलनमा अमेरीकास्थित बोस्टन मेडिकल सेन्टरका प्राध्यापक डा डेभिड हेण्डर्सन, विश्व स्वास्थ्य संगठनका डा.राजेश पाण्डव, ओरेक नेपालका प्रतिनिधि डा रेणु अधिकारी, मानसीक अस्पतालका डा कपील उपाध्याय लगायतका ब्यक्ति वक्ताका रुपमा रहने छन।

    `मानसिक स्वास्थ्य पनि अरु रोग जस्तै हो, दिमागमा भएको सामान्य रोग हो भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी छ, सुगर, प्रेसरलाई सामान्य मान्ने तर डिप्रेसन भन्ने बित्तिकै फरक लाग्ने यो अवस्थाको अन्त्य हुनु जरुरी छ, त्यसकारण पनि यो सम्मेलन नेपालका लागि महत्त्वपूर्ण हुनेछ।´ संयोजक पौडेलले पत्रकार सम्मेलनमा भने।

    कार्यक्रमका सहभागीले आफ्नो कार्यक्षेत्रमा गरेका काम र ज्ञान बाढ्ने लक्ष्य कार्यक्रममार्फत लिइएको उनले दाबी गरे।

    उनले मानसिक स्वास्थ्यका बारेमा नेपालमा तल्लो तहदेखी नै काम गर्नु पर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मन्त्रालयले नीतिगत रुपमा नै प्रदेश र स्थानीय तहसम्म मानसिक स्वास्थ्यबारे योजना बनाएरै काम गर्नु पर्नेसमेत बताए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पछिल्लो समय मानसिक रोगको निदानात्मक उपाय बढेकाले संख्या पनि बढी देखिएको हुनसक्ने बताए।

    `मानसिक रोग सबैको कन्सर्नमा छ, तुलनात्मक रुपमा जीवन शैलीका कारणले रोगको भार बढी देखिएको हो, पहिले निदानात्मक उपायको खोजी कम हुन्थ्यो, अहिले बढ्दा संख्या बढी देखिएको जस्तो भएको छ।´

    उनले चितवनमा हुने सम्मेलनबाट प्राप्त बिषय र एजेण्डाको निष्कर्ष सरकारलाई सही सुझाव दिनेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताए।

    आयोजक संस्थाका अनुसार सम्मेलनमा समुदायमा भएका मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको कार्यान्वयनबारे छलफल हुने छ। यस्तै सम्मेलनमा प्राप्त धारणालाई एकीकृत गरेर स्थानीय सरकार र स्वास्थ्य मन्त्रालयमा बुझाउने आयोजकको तयारी छ।

    कार्यक्रममा विद्यार्थी, डाक्टर, प्रहरी, सबैको उपस्थिति हुने आयोजक संस्थाको भनाइ छ। यसअघि पहिलो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend