मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाऔं : गृहमन्त्री

स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाऔं : गृहमन्त्री

images
२०८२ बैशाख १४ गते, आइतवार
२०८२ बैशाख १४ गते, आइतवार
  • काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सबै स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गर्नुपर्ने बताएका छन।

    images

    आइतबार `गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ´ कार्यक्रममा बोेल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेकोमा जोड दिए।आपतकालीन गोदामघरमा आधारभूत स्वास्थ्य सामग्रीहरु राख्नुपर्ने उनको भनाइ छ।

    images

    “प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस भनेको होइन, प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, त्यो कार्यालयको एउटा कोठालाई गोदामघर बनेर तोकिदिए हुन्छ।” गृहमन्त्री लेखकले भने।

    मन्त्री लेखकले अघि भने, “त्यसमा आधारभूत सामाग्री राखौं, ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौं, तर आधार स्थानीयलाई बनाऔं, हामी सबै त्यसमा जट्नुपर्छ।”

    उनले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।

    “प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्वल झिक्न पनि काठमाण्डौंमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो।” उनले भने, “अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गरिँने काम भएको छ।”

    विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने भन्दै उनले विपद्को विषय सम्बोधन हुनुका लागि पूर्वसूचना समयमा हुनुपर्ने पनि बताए।

    “तपाईहरुले सिकेका ज्ञान, सिप अनुभवले यो क्षेत्रलाई ब्यवस्थित गर्न, नागरिकलाई जोखिमबाट जोगाउने काम गर्न सक्छौं,” लेखकले भने, “ त्यसका लागि संगठित रुपले अगाडी बढ्न सके परिणाम दिनेछ र जोखिम न्युनीकरणमा गर्न काम गर्न सकिन्छ।” उनले प्राधिकरणका कर्मचारीलाई आग्रह गर्दै भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend