मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बारामा अवैध रुपमा संचालित १२ अस्पताल बन्द गर्न पत्र

बारामा अवैध रुपमा संचालित १२ अस्पताल बन्द गर्न पत्र

images
२०८२ बैशाख १३ गते, शनिवार
२०८२ बैशाख १३ गते, शनिवार
  • बारा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बारामा अवैध रुपमा संचालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिएका छन।

    images

    मुख्यमन्त्री सिंहले बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्डविपरीत रहेका १२ वटा अस्पताल र क्लिनिकलाई बन्द गर्न निर्देशन दिएका हुन।

    images

    मुख्यमन्त्रीको सचिवालयका अनुसार बाराको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाई बन्द गर्न निर्देशन दिइएको छ।

    मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले ती अस्पतालहरु स्थानीय तहबाट मात्र संचालनका लागि अनुमति लिइएको पाइएकाले बन्द गर्नका लागि लिखित पत्र दिइएको जानकारी दिए।

    उनका अनुसार स्थानीय तहको अनुमति लिएर अवैध रुपमा १५ शय्याको अस्पताल सञ्चालन भैरहेको थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend