हेटौंडा। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले `सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०´ सार्वजनिक गरेको छ।
शुक्रबार हेटौंडामा एक औपचारिक कार्यकमको आयोजना गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तथा स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्तरूपमा निर्देशिका सार्वजनिक गरेका हुन।
प्रदेश सरकारको २०८० फागुन ८ गते बसेको मन्त्रीपरिषद् बाट स्वीकृत भएर निर्देशिका २०८० चैत ८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।
निर्देशिका सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले हरेक तहले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए। उनले नीति निर्माण गर्दा नै स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बताए। स्वास्थ्य सबै मन्त्रालयसँग जोडिने विषय भएकाले मन्त्रालयको नीति स्वास्थ्य मैत्री हुनु पर्ने उनले प्रष्ट पारे।
स्वास्थ्य मन्त्रालय एक्लैले मात्र सुधार ल्याउन नसक्ने भन्दै मुख्यमन्त्री लामाले सबै मन्त्रालयले स्वास्थ्यसँग सम्बन्ध छ भन्ने बुझेर एक आपसमा समन्वय गर्दै अघि बढ्नु पर्ने बताएका हुन।
`स्वास्थ्य मन्त्रालयले मात्र हस्पिटल बनाएर औषधि किनेर हुँदैन, निरोगी नेपाल बनाउनका लागि हरेक तहले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ, हरेक मन्त्रालयले स्वास्थ्यका बारे नीति ल्याउनु पर्छ, स्वास्थ्यको सुधारमा सबि मन्त्रालयको जिम्मेवारी छ भनेर अघि बड्नु पर्छ।´ मुख्यमन्त्री लामाले धारणा राख्दै भने।
कार्यक्रममा मन्त्रालयकी सचिव सुमित्रा गौतमले निर्देशिका बारे प्रस्तुतीकरण गर्दै जानकारी गराएकी थिइन। निर्देशिकाले स्वास्थ्य क्षेत्रमा रहेका असमानतालाई सम्बोधन गर्न सहयोग पुर्याउने बताइएको छ।
सबै नीतिमा स्वास्थ्य अवधारणा लागू गरेर सरकार र नीति निर्माताहरुले विभिन्न क्षेत्रका नीति कार्यक्रमहरुले स्वास्थ्यमा पारेको प्रभावलाई मध्यनजर गर्न
बागमती प्रदेश सरकारको पहिले आवधिक योजनामासमेत सबै क्षेत्रको सार्वजनिक नीतिहरुको तर्जुमा र कार्यान्वयनमा स्वास्थ्य क्षेत्रका विषयहरूलाई समावेश गर्न उल्लेख गरेको छ।



