मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कान्ति राजमार्ग बैशाख १८ गतेदेखि १५ दिन ६ घण्टा बन्द

कान्ति राजमार्ग बैशाख १८ गतेदेखि १५ दिन ६ घण्टा बन्द

images
२०८२ बैशाख १२ गते, शुक्रवार
२०८२ बैशाख १२ गते, शुक्रवार
  • काठमाडौं। काठमाडौंबाट हेटौंडा जाने कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना प्रकाशित गर्दै राजमार्गमा सडक विस्तारको काम हुने भएकाले बैशाख १८ गतेदेखि जेठ २ गतेसम्म १५ दिन दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने जनाएको हो।

    images

    सुचनामा उल्लेख भए अनुसार मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउने काम भइरहेकाले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द गर्न लागिएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा जारी सुचनामा उक्त अवधिमा काठमाडौं–हेटौंडा र हेटौंडा-काठमाडौं सडकमा संचालन हुने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।

    यस्तो छ सुचना:

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend