मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिए

एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिए

images
२०८१ चैत्र ३० गते, शनिवार
२०८१ चैत्र ३० गते, शनिवार
  • जलेश्वर। महोत्तरीको एक स्थानीय तहको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन्।

    images

    महोत्तरी जिल्लामा पर्ने बलवान नगरपालिका वडा नं ११ धमौरा गाउँमा एकै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका हुन्।

    images

    जनस्वास्थ्य कार्यालयकी स्वास्थ्यकर्मी प्रतिभा सिंहका अनुसार एकै वडामा २५ जना क्षयरोगको सङ्क्रमण भएका बिरामी भेटिएका हुन।

    धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोका अनुसार १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेको महतो बताउँछन।

    सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको स्वास्थ्यचौकी ईन्चार्ज महतोले जानकारी दिए।

    क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीहरु बताउँछन। सरकारले क्षयरोगको औषधि निःशुल्क वितरण गर्दै आइरहेको छ।

    समयमा उपचार नभएका कारण नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ। जसको मृत्युदर प्रति एकलाखमा ५४ हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend