मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न खुल्यो होमस्टे

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न खुल्यो होमस्टे

भुटानका कृषि मन्त्रीद्वारा उद्घाटन

images
२०८१ चैत्र २९ गते, शुक्रवार
२०८१ चैत्र २९ गते, शुक्रवार
  • काठमाडौं। काभ्रेको मण्डन देउपुर नगरपालिका ३ खस्रे गाउँमा गुरुङ समुदायले होमस्टे संचालनमा ल्याएका छन।

    images

    पर्यटकहरूलाई आफ्नै बारिको उत्पादनको अर्गानिक स्वाद चखाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित खोलिएको होमस्टेको शुक्रबार भुटानका कृषि तथा पशुपालन मन्त्री योंगतेन फुन्त्सोले उद्घाटन गरेका छन।

    images

    कुल ५१ घरधुरी गुरुङ जातीको बसोवास रहेको खस्रेमा तीन वटा निजि घरबाट सुरु गरेको होमस्टे अहिले ११ घरमा सुरु गरिएको खस्रे गुरुङ सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिए।

    `कृषि उपार्जनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित होमस्टे सुरु गरिएको हो, यहाँ आउने पर्यटकलाई अर्गानिक खानाको स्वाद चखाउँछौं।´ गुरुङले भने।

    उनका अनुसार होमस्टेसँगैको एक घरमा बाजे पुस्ताले प्रयोग गरेका सामानलाई संग्राहलय बनाएर राखिएको छ। संग्राहलयमा ५० भन्दा बढी सामान राखिएको छ।

    ११ घरमा रहेको होमस्टेमा हाल २० देखि २५ जनालाई राख्न सकिने क्षमता छ। जसमा एक बेड रुममा दुई देखि तीन जनासम्म अटाउने क्षमता छ।

    संस्थापक अध्यक्ष गुरुङले गुरुङ भेषभुषा, रहनसहन रितिरिवाजको प्रचारप्रसार गर्ने, गुरुङ बस्तीलाई नमुना बस्तीका रुपमा स्थापित गर्ने र स्थानीयलाई अर्गानिक उत्पादनसँग जोड्दै पर्यटन प्रवर्द्धनमार्फत रोजगारीसमेत सृजना गर्ने लक्ष्य लिइएको छ।

    होमस्टेलाई `फोर बेटर परियोजना´ र मण्डन देउपुर नगरपालिकाको सहयोगसमेत छ। `फोर बेटर´ले कृषि आधुनिकतामा तालिम तथा होमस्टे संचालन गर्नका लागि स्थानीय समुदायलाई सहयोग गरेको छ।

    होमस्टेकी अध्यक्ष रिना गुरुङले होमस्टेमा आउने पर्यटकले विषादीरहित उत्पादन खान पाउने जानकारी दिइन। यस्तै पर्यटकले होमस्टेमा आफैंले इच्छा अनुसार पकाएर खान  पाउने सुविधासमेत उपलब्ध हुने उनले जानकारी दिइन।

    होमस्टेमा कोदोको सेल, ढिडो, जाँड रक्सी, लोकल मकै, साग, सिस्नु, आलु, स्थानीय रैथाने बालीको उत्पादनको स्वाद लिन सकिने उनले जानकारी दिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend