मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रदेशका सबै निजी तथा संस्थागत विद्यालयमा स्कुल नर्स पठाउँदै बागमती सरकार

प्रदेशका सबै निजी तथा संस्थागत विद्यालयमा स्कुल नर्स पठाउँदै बागमती सरकार

images
२०८१ चैत्र २६ गते, मंगलवार
२०८१ चैत्र २६ गते, मंगलवार
  • काठमाडौं। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सरकारी विद्यालयमा उपलब्ध गराईंदै आइएको स्कुल नर्स सेवा निजी तथा संस्थागत विद्यालयहरूमा पनि उपलब्ध गराइने बताएका छन।

    images

    प्याब्सन भक्तपुरद्वारा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले बागमतीका केही निजी तथा संस्थागत विद्यालयहरूमा स्कुल नर्सबाट सेवा दिंदै आइएको भए पनि अब सबै निजी विद्यालयमा स्कुल नर्समार्फत विद्यार्थीहरुलाई सेवा उपलब्ध गराइने बताएका हुन।

    images

    यसरी सेवा दिंदा हाल सरकारी विद्यालयमा कार्यरत नर्सहरूलाई सातामा दुई दिन नजिकका संस्थागत विद्यालयमा पठाउने गरि तयारी गरिएको थापाले बताए। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको र छिटोभन्दा छिटो कार्यान्वयनमा जाने उनले बताए।

    `सबै निजी तथा संस्थागत विद्यालयहरूमा स्कुल नर्समार्फत विद्यार्थीहरुलाई सेवा उपलब्ध गराइने तयारी भैरहेको छ, हाल सरकारी विद्यालयमा कार्यरत नर्सहरूलाई सातामा दुई दिन नजिकका संस्थागत विद्यालयमा पठाउने गरि तयारी भैरहेको छ।´ मन्त्री थापाले भने।

    बागमती प्रदेश सरकारले सबै भन्दा पहिले२०७५ सालमा २० विद्यालयबाट  एक विद्यालय एक नर्स कार्यक्रममार्फत सेवा दिन सुरुवात गरेको थियो। तर सबै निजी विद्यालयले अझै पनि यसलाई कार्यान्वयन गरेका छैनन। तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा विद्यालयमा नर्स राख्ने योजना अघि बढेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend