मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुदुरपश्चिममा स्तन र पाठेघर क्यान्सरको स्क्रीनिङ गर्दै भक्तपुर क्यान्सर अस्पतालका २२ चिकित्सक

सुदुरपश्चिममा स्तन र पाठेघर क्यान्सरको स्क्रीनिङ गर्दै भक्तपुर क्यान्सर अस्पतालका २२ चिकित्सक

images
२०८१ चैत्र २६ गते, मंगलवार
२०८१ चैत्र २६ गते, मंगलवार
  • काठमाडौं। भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुले सुदुरपश्चिम पुगेर महिलाको स्तन र पाठेघर क्यान्सरको स्क्रीनिङ गरेका छन।

    images

    सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सुदुरपश्चिमका अछाम र डडेलधुरा जिल्लामा महिलाको स्तन र पाठेघर क्यान्सर को बारेमा जनचेतना र परीक्षण शिविर संचालन गरिएको हो।

    images

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसेका अनुसार चैत २२ गते अछाम जिल्लाको विकट रामारोसन गाउँपलिकाको मुगा बजारमा शिविर सम्पन्न गरिएको छ।

    यस्तै चैत २४ गते डडेलधुरास्थित डडेल्धुरा अस्पतालमा शिबिर संचालन गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परीक्षण गरिएको हो। सुदुरपश्चिममा महिलाहरुले आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सरको समस्याका कारण पीडा भोग्दै आइरहेका छन।

    डा चालिसेका अनुसार आज मंगलबार कैलालीको बर्द बोरियामा शिविर आयोजना हुने छ। यस्तै बुधबार रुपन्देहीको कोटिहर्वामा शिविर आयोजना गरि जाँच हुनेछ।

    कहाँ कति जनाको परिक्षण?

    डा चालिसेका अनुसार अछाममा २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सरको परीक्षण भएको छ। परीक्षणका क्रममा अछामका ५ जनामा पाठेघरको समस्याको आशंका गरिएको छ भने १५ जनामा स्तन क्यान्सरको आशंका भएपछि उपचारका लागि रेफर गरिएको छ।

    यस्तै शिविरमार्फत डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएकोमा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको समस्याको आशंका गरिएकोले थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।

    यस्तै डडेल्धुरामा १ जनामा क्यान्सर देखेपछि अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा उपचारका लागि रेफर गरिएको छ।

    समस्याको आशंका गरिएका विरामीले स्वास्थ्य बीमा कार्ड वा रेफरकार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्ने छन।

    स्वास्थ्य जाँचका लागि ८ वर्षका वालिका देखि ६० वर्ष माथिका महिलाहरु सहभागी थिए। परीक्षणमा अछाम र डडेल्धुरामा पाँच/पाँच सय महिलाहरु सहभागी हुने अनुमा गरिएकोमा उल्लेख संख्यामा उपस्थित भने नभएको पाइएको छ।

    जाँचमा आएका करिब ८० प्रतिशतलाई पाठेघरको कुनै न कुनै समस्याको सामान्य लक्षण देखिएकाले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधी दिएको शिविरमा सहभागी एक चिकित्सकले जानकारी दिए।

    शिविरका लागि भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चालिसेको नेतृत्वमा २२ जनाको टोली खटिएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend