मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अल्टिमाको नयाँ वर्ष अफरमा `फ्युजन ३६०´ किन्न कोटा भन्दा बढी भिड, स्टोर ओपनिङ नै स्थगित

अल्टिमाको नयाँ वर्ष अफरमा `फ्युजन ३६०´ किन्न कोटा भन्दा बढी भिड, स्टोर ओपनिङ नै स्थगित

पहिले आउने ८२ जना ग्राहकलाई 'फ्युजन ३६०' को होम डेलिभरी

images
२०८१ चैत्र २२ गते, शुक्रवार
२०८१ चैत्र २२ गते, शुक्रवार
  • काठमाडौं। पुतलीसडकस्थित अल्टिमा लाइफ स्टाइल्सको नयाँ स्टोर आज शुक्रबारबाट सुरु गर्ने तयारी थियो। दुई दिन अघिबाट नै नयाँ खुल्ने स्टोरमा सामान मिलाउने काम जारी थियो। सटरमाथि कम्पनीको बोर्ड राखेर ओपनिङको अन्तिम तयारी भैसकेको थियो। 

    images

    अल्टिमाले पुतलीसडकस्थित स्टोरबाट शुक्रबार इयरबड्स 'फ्युजन ३६०' किन्ने सुरुवाती ८२ जना ग्राहकलाई इयरबड्स ३६० रुपैयाँमा दिने अफर सार्वजनिक गरेको थियो। सो अफरका कारण बिहीबार राती १२/१ बजेदेखि नै पुतलीसडकको अल्टिमा लाइफ स्टाइल्सको नयाँ स्टोरमा ग्राहकको लाइन सुरु भैसकेको थियो।

    images

    शुक्रबार बिहान चार बज्दा लाइनमा कम्पनीले नयाँ वर्षका लागि ल्याएको नयाँ प्रोडक्टको निर्धारित कोटाका लागि ग्राहकको संख्या पुगिसकेको थियो। तर समय घर्किंदै जाँदा भिड थेगिसक्नु थिएन। कम्पनीका कर्मचारी आइपुग्दा प्रहरीका चार वटा भ्यान भिड नियन्त्रणका लागि आइसकेका थिए।

    भिड बढ्दै गएपछि अल्टिमाका कर्मचारीहरुले नयाँ वर्षका लागि घोषणा गरिएको अफर दिनै हम्मेहम्मे पर्ने अवस्था बनेको थियो।

    अल्टिमाका कार्यकारी प्रमुख अमित अग्रवालले नयाँ वर्षका लागि पहिलो ८२ जनाका लागि अफर घोषणा भएकोमा ग्राहकको भिड थेगिनसक्नु भएपछि तत्कालै घोषणा गरिएको सामान उपलब्ध गराउन सकिने अवस्था नभएको जानकारी दिए।

    `अल्टिमाले नयाँ वर्ष २०८२ को अवसरमा नयाँ अफर ल्याएको थियो, नयाँ स्टोरबाट अफरमार्फत फ्युजन ३६० किन्ने सुरुवाती ८२ जना ग्राहकलाई इयरबड्स ३६० रुपैयाँमा दिने घोषणा भएको थियो, तर राति देखिनै ग्राहकको भिड भएकाले उज्यालो हुँदा घोषणा कार्यान्वयन गर्न सकिने अवस्था भएन।´ कार्यकारी प्रमुख अग्रवालले एक्सरे नेपालसँग भने।

    भिड बढ्दै गएपछि प्रहरीले अल्टिमाको नयाँ स्टोरमा राखिएको बोर्ड अटाइदिएको थियो। बोर्ड हटाएपछि भने भिड ब्यवस्थापन गर्न प्रहरीलाई सहज भयो।

    `भिड बढ्दै गएपछि प्रहरीले कम्पनीसँगकै परामर्शमा बोर्ड हटाइदिएको हो, त्यसपछि भिड ब्यवस्थापन भयो, बिस्तारै सबै आआफ्नो बाटो लागे,´ पुतलीसडकमा खटिएका एक प्रहरी अधिकारीले भने।

    अल्टिमाका कार्यकारी प्रमुख अग्रवालले घोषणा गरिएको अफर ग्राहकलाई उपलब्ध गराइने बताए। उनले बिहान पहिले लाइनमा आएर बस्ने ग्राहकको उपस्थिति, नाम र नम्बर रेकर्डमा रहेकाले सोही आधारमा ग्राहकलाई सामान उपलब्ध गराइने जानकारी दिए।

    `हामीले लाइनमा बसेका ग्राहकको रेकर्ड लिखित रुपमा नै राखेका छौं, सबैको नाम र फोन नम्बर टिपिएको छ, उहाँहरुलाई कम्पनीबाट फोन र म्यासेज गरिसकेका छौं, हामी सामान होम डेलिभरी दिन्छौं।´ अग्रवालले भने।

    अग्रवालका अनुसार अल्टिमाले पहिले आएका ८२ जना ग्राहकलाई मोबाइलमा पहिले फोन गरेर पछि म्यासेजमा लिन्क पठाएर फाराम भर्न लगाएको छ। त्यही आधारमा ग्राहकको ठेगाना लिएर अल्टिमाले सोमबारसम्म सबै ग्राहकलाई अफरमा घोषणा गरिएको सामान अफर मुल्यमा डेलिभरी दिनेछ।

    यससँगै कम्पनीले शुकवार एक सुचना जारी गर्दै स्टोर उद्घाटन कार्यक्रम पनि केही समयका लागि स्थगित गरेको जनाएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend