मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भन्सार छलीका स्मार्टफोन तथा अन्य विद्युतीय उपकरण लिलामी हुँदै

भन्सार छलीका स्मार्टफोन तथा अन्य विद्युतीय उपकरण लिलामी हुँदै

images
२०८१ चैत्र २१ गते, बिहिवार
२०८१ चैत्र २१ गते, बिहिवार
  • काठमाडौं। भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका स्मार्टफोन तथा अन्य विद्युतीय उपकरण लिलामी गरिने भएको छ।

    images

    भन्सार विभागले नेपालगञ्ज भन्सार हुँदै भन्सार छलेर ल्याइएका स्मार्ट फोन र विद्युतीय उपकरहरु लिलामी गर्ने तयारी गरेको हो।

    images

    विभागका अनुसार ती सामानहरु २०७८ साल जेठ १९ देखि २०८१ साल असार १९ सम्म नेपालगञ्ज भन्सार कार्यालयमा जफत गरिएका हुन।

    एक सुचना जारी गर्दै भन्सार विभागले ती सामग्रीहरु गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी गरिने जनाएको छ। विभागले लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक कम्पनीहरूलाई आग्रहसमेत गरेको छ। ती सामग्री खरिद गर्न चाहने कम्पनीहरु लिलाम प्रक्रियामा आउन सक्ने छ्न।

    केके छन लिलामीमा?

    लिलामीका लागि राखिएका सामग्रीहरूमा ९५ थान आईफोन १५ प्रो म्याक्स को चार्जर केबल, पोको, रियलमी, टेक्नो, बेन्को, इन्फिनिक्स लगायत विभिन्न ब्रान्डका ५० थान मोबाइल फोन, ९६ थान सामसङ २५ वाटको एडाप्टर यूएसबी चार्जर, २२५ पिस आईफोनका ओरिजिनल डिस्प्ले, ९०० थान आईफोनका प्रोटेक्टिभ ग्लास, अन्य विभिन्न ब्रान्डका मोबाइल ग्लास, चार्जर, र कभर छन्।

    यसैगरी विभिन्न ब्रान्डका ल्यापटपका २३ थान ब्याट्री, चार्जर, किप्याड, कभर लगायतका सामग्री पनि लिलामीमा राखिएको विभागले जनाएको छ। 

    यस्तै १५० थान बार फोन पनि लिलामी सूचीमा समावेश छ। भन्सार विभागले २६ लाख ९९ हजार ८७५ रुपैयाँ न्यूनतम मूल्य राखेर ती सामग्री लिलाम गर्ने तयारी गरेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend