मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

म्यानमार भुकम्प

१२ जना चिकित्सकसहित स्वास्थ्य सामग्री लिएर म्यानमार लाग्यो नेपाली सेनाको टोली

१२ जना चिकित्सकसहित स्वास्थ्य सामग्री लिएर म्यानमार लाग्यो नेपाली सेनाको टोली

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। म्यानमारका भुकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ।

    images

    नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहितको नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको हो।

    images

    निर्देशनालयका अनुसार म्यानमार गएको नेपाली सेनाको टोलीले विभिन्न प्रकृतिका आवश्यक औषधि, इक्युपमेन्ट लिएर गएको छ। टोलीमा सर्जन, अर्थोपेडिक्स, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न छन। 

    नेपाली सैनिकको समुह एक सातासम्म म्यानमारमा रहने जंगी अड्डाले जनाएको छ। ञीहरु त्यहा रहँदा भुकम्प पीडितहरुको उद्धार तथा घाइते भएकाहरुको स्वास्थ्य उपचारमा संलग्न हुनेछन।

    गत सोमबारको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो।

    गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पमा परेर झण्डै २२ सय भन्दा बढि ब्यक्तिहरुको ज्यान गएको छ भने हजारौं ब्यक्ति घाइते छन। घाइतेहरुको उपचार भौरहेको तथा भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend