मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा, २०३० सम्म शून्यमा झार्ने लक्ष्य

नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा, २०३० सम्म शून्यमा झार्ने लक्ष्य

images
२०८३ आश्विन १२ गते, सोमवार
२०८३ आश्विन १२ गते, सोमवार
  • काठमाडौँ। विश्व रेबिजविरुद्धको दिवस (सेप्टेम्बर २८) आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष "सँगै हुँदा अझ सशक्त" (Stronger Together) भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।

    images

    रेबिज रोकथाम र यस रोगका विरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइने गरिएको छ।

    images

    यस दिवसलाई फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ। लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए।

    विश्वभर यस दिवसलाई रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने दिवसका रुपमा मनाउने गरिएको छ। `रेबिजको ​​उन्मूलन तब मात्र सम्भव छ जब हामी मिलेर काम गर्छौं´ भन्ने ध्येय यस वर्षको दिवसमा अघि सारिएको छ।

    ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा आजको दिनलाई मनाउन थालेको हो। कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो।

    नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सकहरु बताउँछन्। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ। 

    विश्वमा हरेक वर्ष ६० हजार मानिसको मृत्युु रेविजका कारण हुनेगरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। यसैगरी हरेक वर्ष विश्वमा १ करोड मानिसलाई रेविज रोगको उपचारको आवश्यकता हुन्छ। एसियामा मात्रै रेविजका कारण ३५ हजार मानिसको मृत्युु हुने गरेको छ।

    नेपाला हरेक वर्ष एक सय जना रेविजका बिरामीले ज्यान गुमाउने गरेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा २ लाख २३ हजार ५१० रेविजका घटना रिपोर्ट भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यी मध्ये ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ। नेपालमा हुने ९९ प्रतिशत मानव रेविजका घटना कुकुरको टोकाईसँग सम्बन्धित छन्। 

    नेपालको लगभग आधा जनसंख्या रेविजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र एक चौथाई जनसंख्या मध्य जोखिममा रहेको सरकारी तथ्यांक छ। जोखिममा धेरै कृषक र बालबालिका देखिन्छन्। नेपालमा २८६ वटा सेवा केन्द्रबाट रेविज विरुद्धको खोप प्रदान गर्दै आइएको छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोला अस्पतालमा दैनिक औसतमा ६०० देखि ७०० जना मानिसहरू रेबिजको खोप लगाउन आउने गरेको बताउँछन्। 

    नेपालमा स्याल, बिरालो, बाँदर र फ्याउरोजस्ता जनावरको टोकाइबाट पनि रेविजको जोखिम हुने गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend