मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा सेट नै परिवर्तन

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा सेट नै परिवर्तन

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। शुक्रवारको घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटाइएको सशस्त्र प्रहरी बलको सुरक्षा सेट नै परिवर्तन गरिएको छ।

    images

    गृह मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वराजा शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको १५ जनाको सुरक्षा सेट हेरफेर गरिएको हो।

    images

    मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा शाहको सुरक्षार्थ डीएसपी जगदिश हमाल नेतृत्वको टोली खटिएकोमा सो टोली फिर्ता भएको हो। यस्तै नयाँ टोली डीएसपी प्रमोद पाठकको नेतृत्वमा खटाइएको छ।

    भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउँछन्। नेपाल प्रहरीतर्फका सुरक्षाकर्मी भने हेरफेर गरिएको छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend