मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा राजवादीहरुको प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

    images

    सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले शुक्रबारको घतनाको जिम्मेवारी पूर्वराजा शाह्ले लिनु पर्ने निष्कर्ष निकालेको हो।

    images

    बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राजावादी आन्दोलनबात भएको घतनाको सबै जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बैठकको निष्कर्ष रहेको बताए।

    'बैठकमा राजावादीको नाममा भएको गतिविधका बारे समीक्षा भयो, जे घटना भयो त्यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाको हो ज्ञानेन्द्र शाहले त्यसको जिम्मेवारी लिनु पर्छ, बैठकको निष्कर्ष यही हो,´ कांग्रेस प्रवक्ता महतले भने।

    बैठकले शुक्रबारको घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको भर्त्सना पनि गरेको छ।

    कांग्रेसले पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको भन्दै घटनामा दोषी देखिएकाहरुलाई कानुनी दायरामा ल्याउन सरकारसँग मागसमेत गरेको छ।

    त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्नेसमेत भनेको छ।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend