मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सेनाले हस्तान्तरण गर्यो बेत्रावतीमा निर्माण गरिएको २४० फिट लामो एक्रो ब्रिज

सेनाले हस्तान्तरण गर्यो बेत्रावतीमा निर्माण गरिएको २४० फिट लामो एक्रो ब्रिज

images
२०८३ आश्विन २५ गते, आइतवार
२०८३ आश्विन २५ गते, आइतवार
  • काठमाडौँ। नेपाली सेनाले बेत्रावतीमा निर्माण गरिएको एक्रो ब्रिज गल्छी-रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। 

    images

    सेनाले  आज आइतबार बेत्रावतीमा निर्माण गरिएको एक्रो ब्रिज गल्छी-रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको जनाएको छ।

    images

    २०८३ भाद्र १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षति भएका सडक तथा पुल पुन:निर्माणको क्रममा नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावती स्थित फलाकु खोलामा नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाइ पहुँच मार्ग निर्माण गरेको थियो। त्यस पश्चात् गत असोज २० गतेबाट सुरु गरेको उक्त एक्रो ब्रिज जडान कार्य २४ गते सम्पन्न भएको थियो। 

    कुल ४० टन भार बहन क्षमता भएको २४० फिट (७३.२ मि.) लामो र १८ फिट (५.५ मि.) चौडा एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट तथा रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने विश्वास लिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend