मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाइँदै, १२ वर्षबाट ४५ दिन बनाइने

बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाइँदै, १२ वर्षबाट ४५ दिन बनाइने

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • काठमाडौं। सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाउने गरि अध्यादेश ल्याउने भएको छ।

    images

    बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि १२ वर्ष छ। अब अध्यादेशबाट सो अवधिलाई घटाएर ४५ दिन बनाइने भएको हो।

    images

    बुधबार (असोज २१) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्थासहित विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ। राष्ट्रपतिबाट जारी भएपछि अध्यादेश कार्यान्वयनमा आउनेछ।

    अध्यादेशमा भोटेकोसी बाढीको विपत्तिमा बेपत्ता भएका व्यक्तिलाई लक्षित गरी ल्याउन लागिएको हो। हाल फौजदारी संहिता ऐनमा बेपत्ता भएका ब्यक्तिलाई मृतक घोषणा गर्ने समयावधि १२ वर्ष छ।

    यो अध्यादेश जारी भएपछि ४५ दिनसम्म फेला नपरेका ब्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐनमा संशोधन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend