मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडा-फाखेल सडकको विकल्प खोजेर यात्रा गर्नु:प्रहरी

हेटौंडा-फाखेल सडकको विकल्प खोजेर यात्रा गर्नु:प्रहरी

images
एक्सरे नेपाल
२०८१ आश्विन २७ गते, आइतवार
एक्सरे नेपाल
२०८१ आश्विन २७ गते, आइतवार
  • काठमाडौं। हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

    images

    इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन्।

    images

    कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उनले जानकारी दिइन्।

    सो सडक गत ११ र १२ असोजमा आएको बाढी तथा पहिरोका कारण पुर्णरुपमा अबरुद्ध बनेको थियो भने कतिपय स्थानमा सडक डाइभर्सन बनाएर संचालन गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend