काठमाडौं। भन्सार छलेर ल्याइएको १९ थान आइफोन बेच्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी टोल घर भइ काठमाडौं–६ ग्राण्डी बसोबास गर्ने २९ वर्षीय मोहमद शाकिव खान छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीबाट १९ थान आइफोन र अन्य ब्राण्डका १० थान गरी २९ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
ती मोबाइलहरु भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएको प्रहरीले जनाएको छ। न्यूरोडमा पसलमा बेचबिखन गर्दै गरेको बेला ती मोबाइलहरु बरामद गरिएको प्रहरीको भनाइ छ।



