सुनवल। नेपाल मोबाइल व्यवसायी संघ नवलपरासीको अध्यक्षमा श्याम खत्री चयन भएका छन।
शनिबार खत्रीको नेतृत्वमा नवलपरासीको जिल्ला कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सन्तोष बानियाँ, महासचिवमा शिवलाल भुसाल, सचिवमा ओमप्रकाश डुम्रे तथा सह-सचिववमा केशव चौधरी चयन भएको नेपाल मोबाईल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डेले जानकारी दिए।
यस्तै कोषाध्यक्षमा कृष्णमोहन अग्रहरी, सह-कोषाध्यक्ष नारायण प्रधान तथा कार्यसमिति सदस्यहरुमा धिरज खरेल, घनश्याम शर्मा, आशिष चौधरी, लक्ष्मण रजक, रमानन्द शहनी, अजय सापकोटा र कमल शर्मा चयन भएका छन।
महासंघका केन्द्रीय उपाध्यक्ष पाण्डेको प्रमुख आतिथ्यतामा नवलपरासीमा नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शेषनारायण शर्मा, केन्द्रीय सदस्य बिष्णु ज्ञवाली लगायत सहभागी थिए।




