काठमाडौं। नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्ममा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको हो।
गत आर्थिक वर्ष सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो।
फोन आयातबाट राज्यको राजस्वमा पनि गत आर्थिक वर्षको भन्दा बढी रकम जम्मा भएको छ। गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ।
यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ। उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ।



