काठमाडौँ । आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ।
एनसेलका अनुसार यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्वाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने कम्पनीले बताएको छ।
यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने एनसेलको जिकिर छ।
भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्नेछ।
करसहित रु. १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने पनि उसले जनाएको छ।
ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक६ ह्यास डायल गरेर सहजै यो प्याक लिन सक्ने एनसेलले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं। ‘सधैं अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने।
यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उदेश्य राखेको छ।
देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्ने विश्वास लिएको जनाएको छ।



