मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन : १८ जना निर्विरोध, १४ जना चम्लागाईं समुहका

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन : १८ जना निर्विरोध, १४ जना चम्लागाईं समुहका

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियामा १८ जना निर्विरोध निर्वाचित भएका छन।

    images

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट महाधिवेशन जारी छ । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। निर्वाचन प्रक्रिया अन्तर्गत आज साँझ उम्मेदवारको मनोनयनपत्र दर्ता रहेकोमा १८ जना निर्विरोध निर्वाचित भएका हुन।

    images

    तीमध्ये १४ केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईं समूहका छन। निर्विरोध निर्वाचित १४ मध्ये खुला केन्द्रीय सदस्यतर्फ महिला २ जना छन। निर्वाचित भएका महिला सदस्यमा प्रभा आङदम्बे र प्रेमगीता बस्नेत चम्लागाईं समूहका हुन्।

    त्यसैगरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हेलेना श्रेष्ठ, अर्जुन तामाङ, अङ्गुरा बस्नेत, बलदेव मण्डल, शोभा लामा, बिरु कमल श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, रजनी शाह, रमा आरसी, जनकबहादुर शाही, कृष्णबहादुर बुढा, देबुकुमारी कामी बिक रहेका छन्।

    ५१ सदस्य कार्यसमितिमा ३९ पदमा निर्वाचन भइरहेको छ। १८ पदमा निर्विरोध भएपछि बाँकी २१ पदमा शनिबार निर्वाचन हुँदैछ।

    १२ पदमा भने कार्यसमितिले मनोनयन गर्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार शुरु भएको महाधिवेशन शनिबार नयाँ पदाधिकारीसहितको कार्यसमिति चयन गर्दै सकिनेछ।

    संघको नेतृत्वका लागि चम्लागाईंसँगै विकास थापा र कल्पना खड्का चुनावी मैदानमा छन् । निर्विरोध सदस्यहरुमा दुई तिहाई आफ्नो पक्षका पार्न सफल चम्लागाईं बलियो देखिएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend