मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाली फुटबल टोलीले ३६ वर्षपछि सिंगापुरलाई हरायो

नेपाली फुटबल टोलीले ३६ वर्षपछि सिंगापुरलाई हरायो

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • काठमाडौं। नेपाली फुटबल टोलीले पहिलो पटक सिंगापुरलाई हराएको छ।

    images

    शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा १–० ले सिंगापुरलाई पराजित गरेको हो।

    images

    नेपाललाई जिताउन जिलेस्पिजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२ मिनेटमै सिंगापुरबिरुद्ध गोल गरेका थिए। त्यसपछि सिंगापुरले गोल फर्काउन नसक्दा पराजय भोग्नु पर्यो।

    नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएर बदला लिएको हो। नेपालका लागि यो ऐतिहाँसिक जित हो। नेपालले चौथो भेटमा सिंगापुरलाई पराजित गरेको हो। सन् १९८२ मा २–० ले, सन् १९८९ मा ३–० ले र १९८९ मै ७–० ले सिंगापुरले नेपाललाई हराएको थियो।

    म्याट रोसले पहिलो खेलमै नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन्। उनले नेपाली टिमको प्रशिक्षण सम्हालेपछि पहिलो खेलमै नेपाललाई जिताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend