मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पक्षघातको उपचारका लागि  निःशुल्क  घोषणा गरिएको औषधी वितरण प्रक्रिया शुरु

पक्षघातको उपचारका लागि  निःशुल्क  घोषणा गरिएको औषधी वितरण प्रक्रिया शुरु

images
२०८१ चैत्र ७ गते, बिहिवार
२०८१ चैत्र ७ गते, बिहिवार
  • काठमाडौं। सरकारले पक्षघातका बिरामीको उपचारमा प्रयोग हुने औषधि निःशुल्क रुपमा उपलब्ध गराउने गरि अस्पतालमा पठाउने प्रक्रिया शुरु गरेको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग औषधी अस्पतालमा पठाउने प्रक्रिया शुरु भएको हो। सो बारे मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले जानकारी दिएका हुन।

    images

    कार्यक्रममा औषधि सहयोग गर्ने संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वर्ल्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरेका छन।

    हस्तान्तरणपछि बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए।

    'निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो,' उनले भने, 'कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं। अहिले औषधी उपलब्ध भएको छ।'

    मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए। मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ।

    वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

    यस्तो औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ। तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ।

    रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।

    महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो।

    मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend