काठमाडौं। नेपाल मोबाइल ब्यवसायी महासंघले ब्यवसायीको समस्या समाधानको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन।
महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रसाशनबाट दु:ख भोग्नु परेको तथा मोबाइल लक अनलकमासमेत बिनाकारण ब्यवसायी फस्ने गरेको भन्दै झन्झट मुक्त वातावरणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
महासंघका केन्द्रीय उपाध्यक्ष तथा पुराना फोन खरिदबिक्री सम्बन्धि नीति निर्माण कार्यदलका संयोजक छतेन्द्र आचार्यका अनुसार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई महासंघको जिल्ला कार्यसमितिमार्फत ज्ञापनपत्र बुझाइएको हो।
यस्तै महासंघले भोलि सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश कार्यसमितिको अगुवाइमा ज्ञापनपत्र बुझाइने कार्यक्रम तोकिएको छ।
यसैगरी गृहमन्त्री र गृहसचिवलाईसमेत केही दिनमा नै महासंघ केन्द्रले बनाएको ब्यवसायी-सुरक्षा निकायबिचको सहकार्यसम्बन्धी ड्राफ्ट बुझाउने कार्यक्रम छ। सो ड्राफ्ट ब्यवहारमा कार्यान्वयन हुँदा ब्यवसायी र प्रहरीबिच सहकार्य गरेरै समस्या समाधानमा बाटो खुल्ने केन्द्रीय अध्यक्ष भरत भट्टराईले जानकारी दिए।








