मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भिभो भि ५० सार्वजनिक, मूल्य कति?

भिभो भि ५० सार्वजनिक, मूल्य कति?

images
२०८१ चैत्र ५ गते, मंगलवार
२०८१ चैत्र ५ गते, मंगलवार
  • काठमाडौं। भिभोको नयाँ स्मार्टफोन भि ५० सार्वजनिक भएको छ। चर्चित ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि ५० सार्वजनिक गरेको हो।

    images

    जाइससँगको सहकार्यमा डिजाइन गरिएको भि ५० स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजन रहेको कम्पनीले जनाएको छ।

    images

    भिभो भि५० मा ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ। ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्बिरहरू उत्कृष्ट रुपमा कैद गर्ने बताइएको छ।

    यो फोन सेल्फी पारखीहरूका लागि अझै उपयोगी हुन सक्छ। ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् अटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता राख्छ। एआई औरा लाईट पोट्रेट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल पोट्र्रेट इफेक्ट दिन्छ।
    बायोटार, बि–स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्ने कम्पनीको भनाइ छ। 

    भिभो भि५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ। एआई ईरेज २.०, लाइभ कटआउट, फिल्म क्यामेरा मोड र लाइभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्ने भि ५० स्मार्ट फोनको दुनियाँमा उत्कृष्ट रहेको छ।

    भिभो भि ५० का गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले केवल आकर्षक लुक्स प्रदान गर्दैन सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ। एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रङहरू— स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुने कम्पनिको भनाइ छ।

    प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५% छिटो सिपियु प्रदर्शन र ५०% सुधारिएको जिपियु पावर प्रदान गर्छ। १२ + १२ जि बी को विस्तारित र्‍यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ। ६ हजार एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ। आईपी ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ।

    नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य ६७ हजार ९९९ तोकिएको छ। सो फोनका लागि मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुने कम्पनीले जनाएको हो।

    जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend