काठमाडौं। सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो। भट्ट पहिलो नम्बरमा सिफारिसमा परेका थिए। उनी बैतडीका हुन।
भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्। उनीसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ।



