मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रहरी प्रमुखको अन्तिम दौड, को बन्ला ३१ औं आइजीपी?

प्रहरी प्रमुखको अन्तिम दौड, को बन्ला ३१ औं आइजीपी?

images
२०८१ चैत्र ४ गते, सोमवार
२०८१ चैत्र ४ गते, सोमवार
  • काठमाडौं। सरकारले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजिपी) बारे आज निर्णय गर्दैछ। भोली चैत ५ मा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले अनिवार्य अवकाश पाउने भएसँगै नयाँ आईजिपीका लागि दौडधुप बढेको च्ब। कुँवरको बिदाई आजै हुँदैछ।

    images

    हाल महानिरीक्षक बन्ने दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। उनीहरू तीनै जना एकैदिन २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक सेवाबाट प्रवेश भएका ब्याची हुन्। यस्तै २०६३ भदौ १५ मा उनीहरुसहित ५१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका थिए। 

    images

    त्यसपछि २०७१ फागुन ६ गते ३५ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए। जसमा तामाङ र गिरी बढुवामा परेका थिए। तर थापा भने २०७२ साउन ७ गते मात्रै एसपीमा बढुवा भएका हुन।

    थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख छन् । यस्तै गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।

    थापा एआइजी हुँदा २०७९ चैत ६ मा हालका आइजीपी वसन्त कुँवरसँगै बढुवा भएका थिए। थापा एआइजी बनेपछि तामाङ र गिरी २०७९ चैत २६ गते एआइजी भएका हुन।

    एआइजी वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन्। मन्त्रिपरिषद्ले वरियता अनुसार नियुक्ति गरेमा थापा प्रहरी प्रमुख हुने सम्भावना बढी छ।

    थापाले एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबल प्रमुख भएर काम गरेका थिए। 

    यस्तै थापा एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख बनेका थिए। एआइजी बनेपछि थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वसमेत गरिसकेका छन।

    आइजीपीका अर्का प्रतिस्पर्धी गिरी हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्र महाराजगञ्जको प्रमुख छन्। यसअघि उनी प्रदेश समन्वय विभाग प्रमुख थिए। डीआईजी हुँदा कोशी प्रदेश कमाण्ड र प्रहरीको विषेश ब्यूरोको कमाण्ड गरेको अनुभव गिरीसँग छ।

    एसएसपी हुँदा गिरीले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका थिए। एसपी हुँदा कैलाली र पर्सा प्रहरी प्रमुखको भएर काम गरेको अनुभव गिरीसँग छ।

    तामाङ हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्वमा छन। उनी एसएसपी हुँदा विराटनगर तालिम केन्द्र प्रमुख पनि थिए। यसैगरी तामाङले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालिसकेका छन्। 

    तामाङ यसअघि अपराध अनुसन्धान विभाग प्रमुख थिए। उनले डीआइजी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रमुख भएर काम गरेका थिए। 

    प्रहरी नियमावली– २०७१ को १२७ (घ) मा प्रहरी अधिकारीको अधिकतम सेवा अवधि ३० वर्ष हुने प्रावधान छ। सोही ब्यवस्था अनुसार हालका आइजीपी कुँवर अनिवार्य अवकाशमा जान लागेका हुन।

    भोलि चैत ५ मा आइजीपी कुँवरसँगै एआईजी टेकप्रसाद राई, कुबेर कठायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ, जनक भट्टराईसहित अन्य डिआईजीहरू पनि अवकाशमा जाँदैछन।

    प्रहरी ऐन, २०१२ को दफा ९९१० तथा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम, आईजीपी पदमा बढुवाका लागि नेपाल सरकारले उपयुक्त ठहर गरेको उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ। जसमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्वदायी दक्षता तथा संगठनात्मक संयोजन क्षमताका आधारलाईसमेत हेरिनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend