मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आठ महिनामा बिरगंज भन्सारले गर्यो एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन

आठ महिनामा बिरगंज भन्सारले गर्यो एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन

images
२०८१ चैत्र २ गते, शनिवार
२०८१ चैत्र २ गते, शनिवार
  • बिरगंज। बिरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ। एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो।

    images

    भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ। चालु आव  बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ। अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ।

    images

    बिरगंज भन्सारले चालु आवको साउनमा रु १२ अर्ब १५ करोड भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा भने रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो।

    यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् रु १५ अर्ब ४७ करोड र माघमा रु १४ अर्ब ४४ करोड र फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend