मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सामसङ ग्यालेक्सी एस२५ सिरिज बजारमा : के छन विशेषता?

सामसङ ग्यालेक्सी एस२५ सिरिज बजारमा : के छन विशेषता?

images
२०८१ फाल्गुण ३ गते, शनिवार
२०८१ फाल्गुण ३ गते, शनिवार
  • काठमाडौं। सामसङ नेपालले शुक्रबारदेखि आफ्ना स्टोरहरुबाट ग्यालेक्सी एस २५ सिरिजको विक्री सुरु गरेको छ।

    images

    सामसङलेएस २५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको हो। ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको छ।

    images

    अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगल एपहरूबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ।

    सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने,‘हामी हाम्रो नयाँ एस सिरिज ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्त खुसी छौँ र हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन्। हामीलाई विश्वास छ कि ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ।’

    ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ। नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ।

    लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्ट देखि रचनात्मकतालाई नयाँ उचाइमा पुर्‍याउन ड्रइंग असिस्ट सम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्ताहरूलाई हरेक दिन नयाँ अनुभव दिनेछ।

    यस सिरिजमा अन्तरक्रियाहरू झन् स्वाभाविक भएका छन्। एक मात्र आदेश दिएर जेमिनीले ग्राहकको मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर सामसङ क्यालेन्डरमा थप्न सक्छ। साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरु र एक–ट्याप एक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ।

    ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ।

    ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ।

    ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ। भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलहरूले फोटो तथा भिडियोहरूलाई सिनेम्याटिक बनाउँछ।

    साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन कोओलिशन फर कन्टेन्ट प्रोभेनेन्स एण्ड अठेन्तिसिती (सी२पिए) को प्रविधिमा आधारित छ। यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनीयता बढाउन मद्दत पुग्छ। सामसङले एआई–आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ।

    सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ। जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन्, जसले प्रयोगकर्ताहरूलाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधाहरू दिन्छ।

    फाल्गुन २, २०८१ देखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध भएको ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ। ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन्।

    अतिरिक्त रूपमा, सामसङ इन्स्टा फाइनान्स सेवा, जुन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ, मार्फत ग्राहकहरूले नवीनतम उपकरणहरू सजिलै ईएमआई विकल्पहरूसहित प्राप्त गर्न सक्छन्, जसको शुरुवात रु ५२५०रमहिनामा ०५ ब्याज दरमा हुन्छ। यो प्रक्रिया झन्झट रहित छ र सुरु गर्न केवल ग्राहकको नागरिकताको आवश्यकता पर्दछ।

    साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ। त्यस्तै, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना फोनहरू सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सक्नेछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend