मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुरानो बसपार्कमा निर्माणाधीन `काठमाडौं भ्यु टावर´को नक्सा पास निष्क्रिय

पुरानो बसपार्कमा निर्माणाधीन `काठमाडौं भ्यु टावर´को नक्सा पास निष्क्रिय

images
२०८१ पौष २८ गते, आइतवार
२०८१ पौष २८ गते, आइतवार
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाले विवादै विवादका बिच काठमाडौंको पुरानो बसपार्कमा निर्माण जारी रहेको काठमाडौं भ्यु टावरको नक्सा पास निष्क्रिय गरेको छ।

    images

    आइतबार महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं भ्यूटावरको नक्सा पासको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएर निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय गरिएको जनाएको हो।

    images

    महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा. लि. बिच मिति २०७१।११।२२ मा काठमाडौँ महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि.बाट निर्माण हुँदै गरेको काठमाडौँ भ्यूटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानविनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मको लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको ब्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend