मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडा-कुलेखानी सडक खुल्यो : बगरबाटै बाटो, ठाउँठाउँमा डाइभर्सन

हेटौंडा-कुलेखानी सडक खुल्यो : बगरबाटै बाटो, ठाउँठाउँमा डाइभर्सन

images
२०८१ आश्विन २१ गते, सोमवार
२०८१ आश्विन २१ गते, सोमवार
  • काठमाडौं। बाढीपहिरोले बगाएको काठमाडौंबाट फाखेल तथा काठमाडौंबाट सिस्नेरी हुँदै हेटौडा जाने छोटो दुरीको सडक संचालनमा आएको छ।

    images

    बाढीपहिरोका कारण अबरुद्ध बनेको काठमाडौंबाट हेटौंडा जाने सबैभन्दा छोटो दुरीको सडक डाइभर्सन निर्माण गरेसँगै आइतबार साँझबाट संचालनमा आएको हो।

    images

    सो सडक संचालन गर्नका लागि ठाउँठाउँमा डाइभर्सन बनाइएको छ। यो सडक संचालनमा आएपछि दशैंका लागि काठमाडौंबाट हेटौंडा हुँदै बाहिरिने यात्रुहरुलाई राहत हुनेछ। आइतबार साँझबाट सो सडक संचालन भएको हो।

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्थायी डाइभर्सन बनाएपछि सडक सुचारु भएको जानकारी दिए। उनले तत्कालका लागि ठाउँठाउँमा एकतर्फी सडक संचालन भएपनि आज सोमबार साँझसम्म दुईतर्फी सडक सुचारु गर्नेगरी काम भइरहेको जानकारी दिए।

    ‘अहिले बन्द सडकलाई एकतर्फी भएपनि सुचारु गरिएको छ, ठाउँठाउँमा व्यक्तिको जग्गाबाट डाइभर्सन बनाएर भएपनि सडक सुचारु गराएका छौं, सोमबार साँझसम्म दुईतर्फी संचालन हुन सक्छ,’ लामिछानेले एक्सरे नेपालसँग भने।

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले छैमले रामचन्द्र भञ्ज्याङ, सिस्नेरी, कुलेखानी लगायतका धेरै स्थानमा डाइभर्सन बनाइएको जानकारी दिए। सिस्नेरीमा खोलाको बगरबाटसमेत सडक बनाइएको छ। उनले वीपि राजमार्ग संचालनमा नआएसम्म सो सडकमा सवारीको चाप हुने अवस्था रहेको पनि बताए। सिस्नेरीबाट काठमाडौं तर्फको खण्डमा रहेका ४० स्थनमा रहेका पहिरो पन्छाएर सडक संचालन गरिएको हो।

    हेटौंडा काठमाडौं छोटो दुरीको हेटौँडा-फाखेल-काठमाडौं र हेटौंडा-सिस्नेरी-काठमाडौं सडक संचालनमा आएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार हेटौंडा जोड्ने कान्तिलोकपथ मात्र अहिले अबरुद्ध छ।

    सिस्नेरीमा तीन किलोमिटर दुरीमा रहेको सिस्नेरी बजारसम्म नै खोलाको बगरबाट ट्रयाक बनाइएको छ। सिस्नेरीको टेकर बजार प्रवेश नै नगराई बगरबाटै सवारी साधनहरू सिस्नेरी पुग्नेगरी बाटो बनाइएको निर्देशनालयले जनाएको छ।

    यस्तै काठमाडौंबाट चन्द्रागिरी हुँदै चित्लाङ निस्केर पालुङहुँदै हेटौडा पुग्ने सडकसमेत संचालनमा रहँदै आएको छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend