काभ्रे । २०८१ असोज ११ र १२ गते आएको भिषण बर्षाका कारण बाढी तथा पहिरोले ठूलो धनजनको क्षति पुर्याएको काभ्रेको बेथानचोक गाउपालिका ३ बोल्देस्थित गोरखनाथ विद्यालयमा विद्यार्थीहरुलाई लत्ता कपडा, स्टेशनरी सामान वितरण एवम आँखा जाँच गरिएको छ ।
कार्यक्रममा ७३ जनाको आंखा जांच भएको थियो । ७३ जना मध्ये ५ जनाको मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ । कोन्दो फाउडेशनको सहयोगमा उक्त कार्य सम्पन्न भएको थियो । अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई लत्ता कपडा र शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा स्टेशनरी तथा लत्ता कपडा जापानदेखि आउनु भएका मनकारी समाजसेवी जापानी मिसेस मिसाकी ओकामोटो र उनका तीन जना साथीलेले विशेष सहयोग पुर्याएका थिए । बेथानचोक गाउ पालिका का अध्यक्ष कुवेर ढकालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स क्लव परिवारको तर्पmबाट विद्यार्थी र अभिभावकहरुको आंंखा जांच तथा विद्यार्थीहरुलाई लत्ता कपडा शैक्षिक सामग्री जुटाउन सहयोग गर्ने कोन्दो फाउण्डेशनसंग सहकार्य गर्न पाएकोमा क्लवका अध्यक्ष लायन गोविन्द गौतमले खुसी व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष ढकालले मानवीय सेवामा लायन्स क्लव र कोन्दो फाउण्डेशनले पुर्याएको सेवाको प्रशंसा गर्दै गाउँपालिकाका साथै व्यक्तिगत तर्पmबाट आभार व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक मञ्जु कोइरालाले सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयमा खेलकुद सामग्री र भान्सा कोठा व्यवस्थापनमा सहयोग गर्न अनुरोध समेत गरिन् ।
विद्यालयमा अध्ययनरनत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने जापानी टोलीद्धारा पनि विद्यार्थीहरुलाई मनोरञ्जन सहित प्रेरणदायी सिकाइको अभ्यास गराएका थिए ।
सोही अवसरमा स्थानीय अभिभावकहरु, समाजसेवी, लायन्स क्लवका पूर्वअध्यक्ष लायन नरेश खड्का, कोन्दो फाउण्डेशनका अध्यक्ष एवं लायन्स क्लव अफ काठमाडौंका सचिव अपार खड्का, तथा जापानबाट आएका समाजसेवी मिसाकी ओकामोटो, नोरियो मिजुतानी नाओमी मिजुतानी, मिदोरी सिरागेया उपस्थित थिए ।
मिसेस ओकामोटोले यस्तो विकट ठाउँमा यसरी विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँलदैआउँदा दिनहरूमा पनि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।



