बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१०९ वटा ठुला सामुदायिक विद्यालयका भौतिक संरचना बनाउन ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्दै सरकार

१०९ वटा ठुला सामुदायिक विद्यालयका भौतिक संरचना बनाउन ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्दै सरकार

images
२०८३ आश्विन २८ गते, बुधवार
२०८३ आश्विन २८ गते, बुधवार
  • काठमाडौँ। सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम अघि बढाएको छ।

    images

    सामुदायिक विद्यालयहरूको संरचना सुदृढीकरणका लागि भन्दै सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको हो

    images

    यो अभियानमार्फत सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्य सरकारले लिएको छ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।

    मन्त्री पोखरेलका अनुसार यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपियाँ निकासा भइसकेको छ। निकासा भएको रकममार्फत अहिले विद्यालयमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ।

    प्रतिविद्यालय करिब ६ करोड रुपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताए।

    मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालो आवश्यक रहेको बताउँदै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद दिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend