मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • महोत्तरी । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

    images

    मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि नै अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन।

    images

    सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले उनको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो।

    मन्त्रालयले पिपरा गाउँपालिकालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

    त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको निकायमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ।

    उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend