मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवलपरासीपूर्वको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीपूर्वको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

images
२०८३ आश्विन १७ गते, शनिवार
२०८३ आश्विन १७ गते, शनिवार
  • काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका-२, चौसठ्ठी मोड दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य १० जना घाइते भएका छन्। 

    images

    प्रहरीका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस शनिबार बिहान ४ बजे सो सडक खण्डमा दुर्घटनामा परेको थियो।

    images

    दुर्घटनामा जाजरकोट जिल्लाको भेरीगंगा नगरपालिका-३ बस्ने वर्ष ५० का निर्जुङ खत्री, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ३२ का दीपेन्द्र केसी, बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाँकेकै नेपालगन्ज उपमहारनगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया र हाल नामथर वतन नखुलेका अन्दाजी ४२ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसैगरी उक्त दुर्घटनामा गोरखा जिल्ला गोरखा नगरपालिका- ९ बस्ने वर्ष ३० का हरिशरण थापा, अछाम मंगलसेन-६ बस्ने वर्ष २८ का तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा-१ का वर्ष २० की आकृती थारु, बाजुरा जिल्ला स्वामी कात्तिक गाउपालिका-५ का वर्ष ३२ का पवन बुढा, बर्दिया राजापुर-९ का वर्ष २८ का सञ्जय थारु घाइते छन्।

    यस्तै बाजुरा स्वामी कात्तिक-१ का वर्ष २५ का प्रेम बम, ललितपुर कोन्जोसम- ५ का वर्ष २९ का अनोज खत्री, बर्दिया बाँसगढी-७ का वर्ष ३६ का लाल ब. कार्की, सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ का अनिल बुढाथोकी तथा बाँके नेपालगन्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ का अस्लाम भगवान घाइते भएका छन्।

    घाइते अन्यको अवस्था सामान्य बोल्न सक्ने भएपनिबाँकेका अस्लाम भगवानको अवस्था गम्भीर छ।उनको टाउकोमा गम्भीर चोट छ भने उपचारका क्रममा उनलाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

    बसमा सवार यात्रुमध्ये २ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend