मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१० विद्यालयका ४ सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौँ महानगरपालिका

१० विद्यालयका ४ सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौँ महानगरपालिका

images
२०८३ आश्विन १३ गते, मंगलवार
२०८३ आश्विन १३ गते, मंगलवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ।

    images

    महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने तयारी गरेको हो।

    images

    छात्राहरुलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनका लागि तालिम संचालन गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। यस्तो तालिम २ दिनको हुनेछ।

    महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम संचालन हुनेछ भने हरेक विद्यालयबाट ४० जना छात्रालाई तालिममा सहभागी गराइने परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीले जानकारी दिए।

    सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम मा. वि. मा यस्तो तालिम सञ्चालन हुनेछ।

    नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु नै तालिमको मुख्य लक्ष्य हो। उक्त तालिममा गलत नियतले छोएको, गलत नियतले हेरेको पहिचान गर्न सिकाइने उनी बताउँछन्।

    यस्तै यस्ता गलत नियत भएका व्यक्तिहरुको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप तालिमका क्रममा सिकाइन्छ। यसमा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिप धेरै सिकाइने प्रशिक्षक महर्जनको भनाइ छ।

    कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेर क्रमशः सबै विद्यार्थीहरुलाई तालिम प्रदान गरिने महानगरपालिकाको योजना रहेको महाशाखा प्रमुख सुवेदीले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend